आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेपाली कांग्रेस मकवानपुरको हेटौँडा १८ को उम्मेद्वार चयन गरेको छ । आइतबार भएको वडा बैठकले वडाध्यक्षमा कांग्रेसका जिल्ला सदस्य समेत रहेका रामबाबु बानीयाँलाई सर्वसम्मत चयन गरेको छ । वडा सदस्यहरुमा योग्यराज खतिवडा, लालबहादुर जिम्बा, महिला सदस्यमा विष्णुमाया थपलीया तथा दलित महिला सदस्यमा पुनम मंग्रातिलाई चयन गरेको छ ।