Comments Add Comment

हेटौंडा–१७ मा मोटरसाइकल र स्कुटर ठोक्कियो : दुईको मृत्यु , दुई घाईते

हेटौंडामा मोटरसाइकल र स्कुटर एकआपसमा ठोकिदा दुइ जनाको मृत्यु भएको छ । हेटौंडा–१७ हटियामा बुधबार बिहान ११ बजेको समयमा हेटौंडा बजारबाट ठूलदमार जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आएको बा प्र ०३–०५ प ७११ नम्बरको स्कुटर एकआपसमा ठोक्किदा मोटरसाइकल चालक र स्कुटर चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा हेटौंडा–१८ भालुखोलाका १८ वर्षीय अर्जुन भोम्जन र नुवाकोट ककनी नगरपालिका–४ की २८ वर्षीया जीना लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडी सवार हेटौंडा –१८ रामधुनीका १६ वर्षीय सुजन घलान र बागमती गाउँपालिका–८ शान्तिपुरकी २४ वर्षीया ललिता थापामगर घाइते भएका एक जनालाई हेटौंडा अस्पतालमा र अर्को एक जनालाई भरतपुर रिफर गरी उपचार भइरहेको प्रहरीले बताएको छ ।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै