मकवानपुरको भिमफेदी गाउँपालिकामा लोडर पल्टिदा चालकको मृत्यु भएको छ । बुधबार राती भिमफेदीको कैलाशडाँडामा बाटो सम्याउँदै गर्दा लोडर पल्टेर १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परी भिमफेदी –३ बस्ने अन्दाजी २५ वर्षीय चालक राजेन्द्र घलानको भएको छ । प्रहरीका अनुसार हेटौंडा सिमेन्टको खानीबाट राजमार्ग तर्फ जाने बाटो सम्याउदै गरेको अनटेष्ट लोडर पल्टिएको हो ।