मकवानपुर – बागमती प्रदेशको भुमी ब्यवस्था कृषि तथा सहकारी सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय , कृषि ज्ञान केन्द्र चितवनले उच्च प्रविधियुक्त संरक्षित संरचनामा तरकारी खेती कार्यक्रममा सहभागी हुन चितवन र मकवानपुर जिल्लाका कृषि फर्म तथा कम्पनी , कृषक समूह तथा कृषि सहकारीहरुलाई आव्हान गरेको छ ।
प्रकाशित सूचनामा जनाइए अनुसार आउँदो असोज २८ गतेसम्म प्रस्ताव दर्ता गर्न सकिने उल्लेख गरिएको छ । जि आई पाईपको प्लास्टिक घर ( टनेल ) , फलामको पाईपको प्लास्टिक घर ( टनेल ) , एग्री नेट हाउस ( नेट हाउस ) र नेचुरल्ली भेन्टिलेटेड ग्रीन हाउस ( पोलि हाउस ) का लागि प्रस्ताव आव्हान भएको हो ।
(पूरा विवरण सहित)