Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

शिक्षक सहकारी मकवानपुरको प्रशिक्षण भोलि समापन हुने

Company Register

नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरले लकडाउनलाइ सदुपयोग गर्दै शुरु गरेको शिक्षक प्रशिक्षणको ४६ औं सत्र तथा शिक्षक हीत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ५ दिने प्रशिक्षणात्मक भेलाको तेस्रो दिनको कार्यक्रम आज सम्पन्न भएको छ ।

Advertisement

नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिकापूर्व अध्यक्ष बाबुराम अधिकारीको प्रमूख आतिथ्यता रहेको कार्यक्रम सहकारी अध्यक्ष सिताराम दाहालको अध्यक्षतामा सम्पन्न भएको हो । देशका बिभिन्न जिल्ला तथा मकवानपुरबाट सहभागी रहेका शिक्षकबीच सम्पन्न प्रशिक्षणात्मक भेलालाइ शिक्षक सहकारी स्थापानामा महत्वपूर्ण योगदान दिनुहुने बाबुराम अधिकारीले सहकारी र शिक्षकबीच रहेको एकतालाइ समेत प्रष्ट्याउनुभएको संगठन जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो ।

सहकारीको प्रदेसस्तरिय भेला तथा अन्तर्क्रियामा रसुवाबाट आङ्गमायाँ शेर्पा काभ्रेबाट तोरण गौतम सिन्धुपाल्चोकबाट राजेन्द्र श्रेष्ठ दोलखाबाट नवीन काफ्ले मकवानपुरबाट कृष्ण पोखरेल ललितपुरबाट हरिदेब यादव रामेछापबाट दिनेश कुमार थापा नुवाकोटबाट दिपक पौडेल लगायतकाले सहकारीको समसामयीक गतिविधी र प्रगती विवरण पेश गरेका थिए ।

सहकारी सह सचिव कृष्ण प्रसाद पोखरेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाइ सहकारी सहकोषाध्यक्ष गुरुप्रसाद ओझाले स्वागत गर्नुभएको हो । कार्यक्रममा संगठन राष्ट्रीय समिति सदस्य पद्मा पौडेल, राष्ट्रिय परिषद सदस्य सुन्दरी घिमिरे, पूर्व राष्ट्रिय समिति सदस्य यदु सुवाल, बागमती प्रदेश सचिवालय सदस्य मोहन शर्मा, सदस्य सीतादेवी खनाल, पार्वती खनाल, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहाल उपाध्यक्ष लक्ष्मी गजुरेल,सहसचिव प्रतिमा गौतम, लगायतको उपस्थिती रहेको थियो ।

त्यसैगरी सहकारी उपध्यक्ष शिबप्रसाद लामिछानेले मन्तब्य सहित समपान गर्नुभएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन रसुवा अध्यक्ष मोचनाथ न्यौपाने उपाध्यक्ष आङ्ग माँयाँ शेर्पा मकवानपुर जिल्ला समिति सल्लाहकार लक्ष्मी चौलागाइ,पिताम्बर वास्तोला,अकुरप्रसाद गौतम, पूर्व सचिव केशव प्रसाद सञ्जेल, कोषाध्यक्ष जयप्रसाद पोखरेल, सह कोषाध्यक्ष चन्द्रादेबी लामा बल,सचिवालय सदस्य कृष्ण पौडेल जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतम, सचिवालय सदस्य कृष्ण पौडेल, सदस्य सविता लामिछाने, हेटौंडा नगर अध्यक्ष मुकुन्द न्यौपाने, शिक्षक महासंघ हेटौंडा नगर अध्यक्ष दिपक अधिकारी संगठन नगर सचिव गोपिरमण प्याकुरेल, थाहानगर अध्यक्ष रमेशमान डङ्गोल धादिङ सदस्य सरस्वती पाण्डे, लेखासमिति संयोजक अभिमन्यू गौतम, लगायतकाको उपस्थिती रहेको थियो ।

संगठनको नियमित कार्यक्रम बैशाख ६ गतेदेखि निरन्तर सञ्चालन हुँदै आएकोमा ४७ औं सत्र अन्तर्गत शिक्षक सहकारीले भोलि जेष्ठ २२ गते नेपाल शिक्षक महासंघ राष्ट्रीय समिति अध्यक्ष बाबुराम थापाको प्रमूख आतिथ्यतामा ११ बजे अन्तर्क्रिया तथा समापन कार्यक्रम आयोजना गर्ने अध्यक्ष सिताराम दाहालले बताउनुभयो । यसपछिको नियमित कार्यक्रम भने थाहानगरले आयोजना गर्ने संगठन जिल्जिला अध्यक्ष श्रीराम दाहालले बताउनुभयो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...