Comments Add Comment

एकैदिन थपिए २०१ जना कोरोना संक्रमित, कूल संख्या २३ सय पुग्यो

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य जनसंख्या मन्त्रालयकाअनुसार योसँगै कोभिड १९ को संक्रमण पुष्टि भएकाको संख्या २ हजार ३ सय पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गत चौबिस घण्टामा १७९ जना पुरुष र २२ जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। हालसम्म देशभर कोरोना संक्रमितको संख्या २३०० पुगेको छ । जसमा दुई हजार १३० पुरुष रहेका छन् भने १७० महिला रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको आशंकामा पीसीआर ४ हजार ९२४ वटा नुमना संकलन गरे परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । आज कोरोना परीक्षणको दर केही बढेको देखिन्छ । पछिल्लो २४ घण्टामा १२ जना कोरोना निको भएर घर फर्किएका छन् ।

हालसम्म देशभरबाट कोरोनालाई जितेर २७८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमा २२२ जना पुरुष र ५६ जना महिला रहेका छन् । देशभर एक लाख २० हजार ३७९ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ ।

https://www.facebook.com/mohpnep/videos/599050407484184/?t=0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर