चितवनको चेपाङ समुदायका बालबालिकाले पढ्दै आएको एक विद्यालयमा पुस्ताकलय स्थापना गरिएको छ । चितवनको तुन्तेषमा रहेको श्री राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा १ देखि ५ कक्षासम्म अध्यानरत विद्यार्थीहरुको लागि पुस्ताकालय स्थापना गरिएको हो । के फाउण्डेशन ग्लोबलको सहयोगमा विद्यालयमा पुस्ताकालय स्थापना गरिएको हो। फाउण्डेशनका अध्यक्ष सौरभ रिमालका अनुसार दुर्गम भेगका विद्यालयमा पुस्तकालय स्थापना हुनु शिक्षा क्षेत्रको गुणस्तरमा विकास हुनु हो।