मकवानपुर जिल्लामा शुक्रबार एकै दिन थप ३० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । शुक्रबार आएको रिपोर्टमा सबै भन्दा बढी हेटौंडा उपमहानगरपालिकाका रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकरी दिएका छन् । संक्रमित हुनेहरु हेटौंडा उपमहानगरपालकिाका २८ जना र २ जना थाहा नगरपालिकाका रहेको चौँलागाईले जानकारी दिएका छन् । शुक्रबार आएको रिपोर्ट गत साउन ३२ गते संकलित ८२ जनाको रिपोर्ट हो ।

संक्रमित हुनेहरुमा हेटौंडा–१ मा ४९, ४५, ४७ बर्षका पुरूष, ४९ र २२ बर्षका महिला गरि ५ जना, वडा नम्बर २ मा ५३, ४८, ७० र ६८ बर्षका पुरूष गरि ४ जना, वडा नम्बर ४ का २९, ३७ का पुरूष र ८२ र ४४ बर्षका महिला गरि ४ जना, वडा नम्बर ५ मा ३८ र ५५ बर्षका पुरूष गरि २ जना, वडा नम्बर ६ कि ३८ बर्षीया १ महिला, वडा नम्बर ७ का ३२ बर्षीय १ पुरूष रहेका छन् । १६ वडा नम्बर ८ मा ३७, १०, ३५, ३७ बर्षका पुरूष र १३ र १४ बर्षका महिला गरि ६ जना, वडा नम्बर ९ को ५१ बर्षीय १ जना पुरूष, वडा नम्बर १० का ५५ र ४० बर्षका पुरूष गरि २ जना, वडा नम्बर १४ को २६ बर्षका १ महिला, वडा नम्बर १५ को २६ बर्षका १ पुरूष रहेका चौँलागाईले जानकारी दिएका छन् ।