काठमाडौं – आज तीजको दिन सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार नेपाली महिलाहरु तीज पर्व मनाउँदैछन् । यसपटक निषेधाज्ञा भएकाले पनि बजार सुनसान छ  । सजिलैसँग सुन कारोबार हुन पाएको छैन ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९८ हजार ८ सय रुपैयाँ रहेको छ ।

यसैगरी, तेजावी सुनको मूल्य पनि तोलाको ९८ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । बिहीबार पनि यही मूल्यमा कारोबार भएको थियो । यता, चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेर १३ सय ७० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँ रहेको थियो ।