बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोवाङ्गमा अविरल वर्षापछि आएको बाढी पहिराले बस्ती बगाउँदा बेपत्ता आठ जनाको शव फेला परेको छ ।घटनास्थलतर्फ जाँदै गरेको प्रहरी टोलीका अनुसार घटनास्थलको फरक फरक ठाउँमा आठ जनाको शव फेला परेको जनाएका छन् । मृतकको भने पहिचान खुलिनसकेको प्रहरीले जनाएका छन् ।

बाढी पहिरोले भुजिखोला तटीय क्षेत्रको भुसुण्डे, दुनेपोखरा, लाकुरीबोटका ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ । प्रहरीका अनुसार ढोरपाटन नगरपालिका–३ भुजिखोला किनारमा अन्दाजी ३० वर्षीय पुरुष, ढोरपाटन नगरपालिका–५ बुडाथोकस्थित पुलको लठ्ठामा अड्केको अवस्थामा ३५ वर्षीय पुरुष, बडिगाड गाउँपालिका–५ बालुवामा अन्दाजी २२ वर्यी पुरुष र बडिगाड–७ खोप्चेमा १२ वर्षीय पुरुषको शव फेला परेको छ । अन्य चार जनाको शव फेला परे पनि ठाउँको यकिन भएको छैन ।