कोरोना संक्रमितको संख्या बढेपछि बाँकेमा वैशाख ९ गतेदेखि लकडाउन गरिने भएको छ। मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमी) बाँकेको बैठकले संक्रमण रोक्न बिहीबारदेखि लकडाउन गर्ने निणर्य गरेको हो। संक्रमितले अस्पताल भरिन थालेको र संक्रमितको संख्या पनि तीव्र भएपछि लकडाउन गर्ने निर्णय गरेको डिसिसिएमीले जनाएको छ। पहिलो चरणमा एक साताका लागि लकडाउन गर्ने डिसिसिएमीले जनाएको छ।