Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

बागलुङको बलेवा क्षेत्रमा १० दिन लकडाउन

Company Register

बागलुङ नगरपालिकाको एक विद्यालयमा एकै दिन ठूलो संख्यामा विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि त्यस क्षेत्रमा १० दिन लकडाउन घोषणा गरिएको छ । मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले मंगलबार रातिदेखि लागुहुनेगरी लकडाउन घोषणा गरेको हो ।

Advertisement

विद्यार्थी, शिक्षक र आसपासका समुदायमा एकैदिन ३९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक बसेको एलएमसिसीकोको बैठकले डिसिएमसीलाई लकडाउन गर्न सिफारिश गरेको थियो । सोही सिफारिशका आधारमा बागलुङ नगरपालिका १२, १३, १४ वडा क्षेत्रमा मंगलबार रातिदेखि जिल्ला कोभिड संकट व्यवस्थापन समितिले निषेधाज्ञा जारी गरेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौले जानकारी दिए । १० दिन अवधिभर बलेवा क्षेत्रका विद्यालयमात्रै नभई बैंक तथा वित्तीयसंस्थासमेत बन्द हुनेछन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...