भोजपुरमा पनि एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएकाे परीक्षणमा भोजपुरको हतुवागढीका एक जनाकाे रिपाेर्टमा कोरोना ‘पाेजेटिभ’ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेकाे छ। आज गरिएको पीसीआर परीक्षणमा २६ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएकाे छ।

स्राेतका अनुसार उनी साउदी अरबबाट ३० फागुनमा नेपाल आएका थिए। उनी अहिले हतुवागढीमा हेल्थ पोस्टको आइसोलेसनमा राखेर उपचार गराइरहेका छन्।

यो सँगै नेपालमा संक्रमितको संख्या ४८ पुगेको छ। सङ्क्रमितमध्ये १० जना उपचारपश्चात निकाे भइसकेका छन् भने बाँकी विभिन्न अस्पतालमा उपचाररत रहेका छन्।

https://www.facebook.com/mohpnep/posts/879996892488831