कोरोना भाइरस तीव्ररुपमा विश्वव्यापी फैलिरहेको बेला अमेरिकामा एकै दिन २ हजार ११० जनाको मृत्यु भएको छ । यो समाचार पार्दासम्मको अपडेट हो । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ४९ हजार ७६९ पुगेको छ । अमेरिकामा एकैदिन ३० हजार ७१३ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८ लाख ७९ हजार ४३० पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ८५ जार ६२४ जना उपचारपछि निको भएका छन् । १४ हजार ९९७ जनाको अवस्था गम्भीर रहेको छ । ७ लाख ४४ हजार ३७ जना उपचाररत छन् ।