मकवानपुरे गायक सुर्य रुम्बाको शब्द र गायिका सुजना रुम्बाको श्वरमा रहेको “शैलुङ्ग डाँडा” बोलको गीत सार्वजनिक भएको छ । बुधबार जिग्मे मिडिया युट्युव च्यानलबाट गीत सार्वजनिक भएको हो । गीतमा सुर्य रुम्बाकोे शब्द संगीत रहेको छ भने मकवानपुरकै गायिका सुजना रुम्बाले स्वर दिएकी छन् । फणिन्द्र राईको एरेन्ज र दिपेश प्रधानको मिक्सिङ्गमा लाईट स्टुडियोमा गीत रेकर्ड भएको हो ।

विश्वव्यापी फैलिरहेको दास्रो लहरको कोरोना भाईरस नेपालमा पनि फैलिरहेको र लकडाउन भएकोले गीतको म्युजिक भिडियो ल्याउन नसकेको गायिका सुजना रुम्बाले जानकारी दिइन् । उहाँले म्युजिक भिडियो लकडाउन हटेपछि चाँडै छायाँकन गरेर दर्शकमाझ ल्याउने पनि जानकारी दिईन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4298 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू