Comments Add Comment

दिवेश पोखरेल अमेरिकन आइडलको फाइनलमा प्रवेश , भोटको अपिल

दिवेश पोखरेल अमेरिकाको चर्चित गायन रियालिटी शो अमेरिकन आइडलको उत्कृष्ट ५ मा प्रवेश गरेका छन् । आइतबार राती उत्कृष्ट ५ को घोषणासँगै उपाधिका लागि भोटिङ खुल्ला भएको छ ।

अब उपाधिका लागि दिवेशले फाइनल राउन्डको प्रतिस्पर्धा गर्नेछन् । फाइनल राउण्ड पनि सुरु भइसकेको छ । यसमा प्रत्येक प्रतियोगीले दुई–दुई वटा प्रस्तुति दिनेछन् । साथै दुई घन्टासम्म भोटिङ खुल्ला राखिने छ । सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुने छ । उनले उत्कृष्ट ५ मा प्रवेश गरे पश्चात सबै समर्थकलाई धन्यवाद दिएका छन् भने अब फाईनल राउण्डमा अझ धेरै भोटको आवश्यक पर्ने भएकोले सबै समर्थकलाई भोट गरी सहयोग गर्न अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर