नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो ” रियो छमछमी ” सिजन ४ को उत्कृष्ट ११ मा मकवानपुरकी सन्ध्या आचार्य छनौटमा परेकी छिन्।

उनि शनिबार भएको टप ११ मा छनोट हुन सफल भएकी छिन् । यसैगरी टप बाह्रबाट विरगञ्जका राज देवान बाहिरिएका छन् ।सन्ध्याले भनिन् ‘तपाईहरुको भोट र मायाले गर्दा म आज टप ११ मा छनौट भएको छु ।’ –‘उपाधी चुम्नको लागि अझ धेरै चरणहरु पार गर्नुछ । आफूले पनि सक्दो सहयोग गर्नुछु र त्यति नै तपाईहरुको मायाको पनि खाचो छ ’– उनले भनिन् । त्यसैले भोट गरिदिन हुन उनले अनुरोध गरिन ।

उनलाई भोट गर्न मोबाईलको मेसेज बक्समा गएर CC लेखी एक स्पेश छोडेर उनको भोटिङ कोड ०८ लेखि ३१००९ मा पठाउनुपर्ने हुन्छ । । सन्ध्या आचार्य छमछमी सिजन ४ की उपाधीको होडमा हेटौंडाबाट एकमात्रै दाबेदार हुन् ।