मकवानपुरको बकैया गाउँपालिकामा बस दुर्घटना भएको छ । शुक्रबार बिहान घिंयालबाट हेटौंडा तर्फ आउँदै गरेको ना ३ ख ३३४४ नंबरको यात्रु बाहक बस छतिवनमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । दुर्घटनामा परी एक दर्जन भन्दा बढी यात्रु घाईते भएको र ६ , ७ जना गम्भिर रहेको प्रहरी जानकारी दिएका छन् । घटना स्थलमा घाईतेहरुलाई उद्धार गर्न दुई वटा एम्बुलेन्स पठाइएको प्रहरी कार्यालय मकवानपुरले जानकारी दिए । थप विवरण आउन बाकी रहेको छ ।