यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

शुक्रबार बिहानै मकवानपुरमा १ सय १४ जनामा कोरोना पुष्टि


मकवानपुरमा शुक्रबार बिहान थप १ सय १४ जनामा संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईका अनुसार शुक्रबार बिहानै थप १ सय १४ जनामा कोरोना पुष्टि भएको छ । असोज २८ गते संकलन गरिएको १९७ जनाको स्वाब रिपोर्ट शुक्रबार बिहान आएकोमा १ सय १४ जनामा कोरोेना पोजेटिभ देखिएको छ । संक्रमितहरु हेटौंडानगर , मनहरी गाउँपालिका , भिमफेदी गाउँपालिका , बागमती गाउँपालिका , बकैया गाउँपालिका र मकवानपुर गढी गाउँपालिकाका रहेका छन् । जिल्ला बाहिरका ५ जनामा कोरोना पुष्टि भएको छ ।

Advertisement
