मकवानपुरगढी – ५ स्थित धादिङ्गमा पहिलो पटक जोडी दौड (श्रीमान–श्रीमती) प्रतियोगिता हुने भएको छ । धादिङ्गमा रहेको नव जागृत क्लवको आयोजनामा दिपावली तथा छठपर्वको अवसर पारेर आगामी कात्र्तिक ५ गते प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगितामा मकवानपुरगढी गाउँपालिकाभित्रका ईच्छुक जोडीहरुले भाग लिन सक्ने क्लवका सचिव रामराजा महर्जनले बताए । प्रतियोगिता शारदा माविको खेल मैदानमा हुने छ । प्रतियोगितामा प्रथम हुने जोडीले नगद १० हजार पाउने छन् भने द्धितीय हुने जोडीले नगद ५ हजार , तृतीय हुने जोडीले नगद ३ हजार र सान्त्वना हुने जोडीले नगद २ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।