Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

चितवनमा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु

Company Register

चितवनमा आइतबार राति ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ना १ त ६२८२ नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाका अनुसार चितवनको राप्ती नगरपालिका आमपानीको चिउडेखोलामा ट्याक्टर दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा ट्याक्टरमा सवार पाँच जनाको मृत्यु भएको उनले जानकारी दिए । ट्याक्टरमा करिब २२ जनाभन्दा बढी सवार रहेको उनले बताए । दुर्घटनामा केही घाइते भएको र उनीहरुको पुरानो मेडिकल कलेज भरतपुर र चितवन मेडिकल कलेजमा उपचार भइरहेको उनले जाकारी दिए । दुर्घटनमा ज्यान गुमाएकाहरुको पहिचान खुल्न बाँकी रहेको उनले बताए ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...