2025-12-10 2:49 am

मकवानपुर प्रहरीद्धारा चुरियामाईबाट विभिन्न थरीका पटका बरामद

जिल्ला प्रहरी कार्यालय मकवानपुरले कुकुर सहित हेटौंडाका सवारीका साधनमा चेकजाँच गरेको छ । तिहारको समयमा भारतको रक्सोलबाट पटका भित्रन थालेपछी प्रहरीले आज कुुकुर सहित बिभीन्न सवारीका साधन चेकजाँच गर्दा पटका फेला पारेको हो । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ चुरियामाई स्थितमा बस, ट्रक, सुमो, मोटरसाईकल गरी ६१ वटा सवारीसाधन चेकजाचँ गर्दा विभिन्न थरीका बिष्फोटक पदार्थ (पटका) का बरामद गरेको हो । प्रहरीले आलु बम–१७ प्याकेट, बुलेट बम–१० प्याकेट, नागिन पटका–११ प्याकेट, रकेट बम–२५ पिस, झिरझिरे–१५० पिस, थ्री–स्टार क्रेकर–१२ प्याकेट बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक मुकेश कुमार सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले तिहारका लागि ल्याइएका पटकाहरु वरामद गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षकको संयुक्त कुकुरसहितको विशेष चेकिङ टोलीले उक्त परिणामको पटका बरामद गरेको हो ।

जिल्ला ट्राफिक कार्यालयले ५२ सवारी चालकलाई कार्वाही

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर सवारी चेकजाँचलाई कडाइ गरेको छ । क्रममा ट्राफिक प्रहरीले चेकजाँचको क्रममा सवारी नियम उलंघन गरी गाडी चलाउन ५२ सवारी चालकलाई कार्वाही गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी चालक अनुमतिपत्र बिना सवारी चलाउने १२ वटा अटोलाई कारवाही गरेको छ भने क्षमता भन्दा बढी सामन बोक्ने १३ टिफर र नम्बर प्लेट नराखी सवारी चलाएको भन्दै २ वटा अटो, सिट क्षमता भन्दा बढी यात्रु बोक्ने ५ वटा जीप,भ्यान ५लाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरि बिष्णु ढकालले बताएका छन । त्यसैगरी बिना नम्बर प्लेट संचालनमा रहेका मयुरी र अटोको नम्बर प्लेट लेखाइ पठाइएको निरीक्षक ढकालले बताए। यस अभियानलाई भोलि बिहीबार पनि जारी रहेको मकवानपुर ट्राफिकले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad