
हेटौंडा उपमहानगरपालिका वडा नंम्बर ११ स्थित स्मारकमा रहेको हेटौँडा एकेडेमी आवासीय माध्यमिक विद्यालयका शिक्षक शिक्षिका,विद्यार्थी, अभिभावक तथा कर्माचारीहरुको संयुक्त सहभागितामा जनचेतना मुलक प्रभातफेरी कार्यक्रम गरि ५० औँ विश्व वातावरण दिवस मनाईएको छ ।

आइतबार हेटौंडाको हुप्राचौर देखि शुरु भएको प्रभातफेरी बुद्ध चोकमा पुगी विद्यार्थीहरुले “वन जङ्गल तथा वातावरण जोगाऔँ ” भन्ने सन्देश सहितको सडक नाटक प्रदर्शन गरेका थिए । प्रभातफेरी कार्यक्रम गोरक्षश्वर धाममा पुगेर औपचारिक कार्यक्रम तथा वृक्षरोपण गरि सम्पन्न गरिएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं कृषि उद्यम केन्द्रका सभापति अरुण राज सुमार्गीले यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई मात्र नभएर सिंगो समाजलाई नै वातावरण संरक्षणको महत्व बुझाउने बताए । कार्यक्रम विद्यालयका प्रमुख कार्यकारी अधिकृत रमेश रिमालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी सदस्य अंकिता सुमार्गीको पनि उपस्थिती रहेको थियो ।
हेटौंडा १० मा रहेको गोरक्षश्वर मन्दिर परिसरमा संयुक्त सहभागितामा पार्किया,रुद्राक्ष र अशोक गरि तीन प्रकारका विरुवाहरु वृक्षरोपण समेत गरिएको थियो । वृक्षरोपण कार्यक्रममा प्रमुख अतिथि, विद्यालय व्यवस्थापन समितिकी सदस्य, प्रमुख कार्यकारी अधिकृत, प्राचार्य, शिक्षक–कर्मचारी एवं विद्यार्थीहरु लगायतकाको उपस्थिति रहेको थियो । वृक्षरोपण गर्दै प्रमुख अतिथि सुमार्गीले पार्किया बहुउपयोगी वनस्पति भएको विद्यार्थीहरुलाई त्यसबारे जानकारी दिदै थाहा कृषि वाटिकाबाट कार्यक्रममा उपस्थित सबैलाई पार्कियाको विरुवा निशुल्क उपलब्ध गराउने समेत घोषणा गरे ।
तस्बिरहरु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




