साहित्य सङ्गम मकवानपुरद्वारा चार जना स्रष्टालाई सम्मान

साहित्य सङ्गम मकवानपुरले हेटौंडामा चार जना स्रष्टालाई आइतबार सम्मान गरेको छ । गोपालप्रसाद रिमालको स्मृतिमा रिमालेको प्रतिमा स्थल वनस्खण्डीमा आयोजित विशेष साहित्यिक कार्यक्रममा सङ्गमले हरेक वर्ष प्रदान गर्दै आइरहेको सम्मान तथा पुरस्कारबाट स्रष्टालाई सम्मानित गरेको हो । सङ्गमले यसवर्ष गद्य कविता लेखनका थालनीकर्ता ‘गोपालप्रसाद रिमाल स्मृति सम्मान’–२०७८ बाट वरिष्ठ कवि तथा नाटककार अविनाश श्रेष्ठलाई सम्मानित गरेको छ । रिमालका परिवारले स्थापना गरेको उक्त सम्मानसहित श्रेष्ठलाई नगद २० हजार एक रुपैयाँ प्रदान गरिएको थियो ।

त्यसैगरी, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालयले प्रगतीवादी कवि श्यामप्रसाद शर्माको स्मृतिमा स्थापना गरेको ‘श्यामप्रसाद शर्मा स्मृति सम्मान’–२०७८ बाट साहित्यकार तथा पत्रकार नवराज शर्मा तिमल्सिनालाई सम्मानित गरिएको छ । उनलाई सम्मनपत्रका साथ १५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको थियो । यस्तै, हास्यव्याङ्ग्यकार डा। गणेशकुमार पौडेलले स्थापना गरेको ‘शान्तिदेवि स्मृति वनस्खण्डी साहित्य सम्मान’–२०७७ र ०७८ बाट क्रमशः लघुकथाकार तथा कवि श्रीओम श्रेष्ठ ९रोदन० र कवि शान्तिप्रिय वन्दनालाई प्रदान गरिएको छ । पौडेललेले सासुआमाको नाममा स्थापना गरेको सम्मानसहित जनही १० हजार एक रुपैयाँ प्रदान गरिएको थियो । सम्मानित कवि श्रेष्ठ गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादक हुन् ।

साहित्य सङ्गम मकवानपुरका अध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि साहित्यकार नगेन्द्रराज शर्मा रहेका थिए । कार्यक्रममा हास्यव्याङ्ग्यकार आरसी रिजाल, सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा निखिलले रिमाल र श्यामप्रसाद शर्माको व्यक्तित्व र कृतित्वका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा साहित्यका पुर्षोत्तम आचायले रिमालको ‘ आमाको सपना’ कविता वाचन गरेका थिए ।

साहित्यकार पवन आलोक, रामजीप्रसाद पोखरेल, रामप्रसाद पन्त, शंकर भारती, देविकानन्द तिमल्सिना, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, प्रलेश मकवानपुरका अध्यक्ष श्रीराम अधिकारी, झरनाका अध्यक्ष दीपक गौतम, मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेल,साहित्यकार देवराज खरेल, हृदय रोग निवार प्रतिष्ठान मकवानपुरका सभापति हरिवंश भेटवाल, साहित्यसेवी मुक्तिगोविन्द वैद्य, सुर्दशन फाउण्डेशनका अध्यक्ष सुर्दशन अधिकारीलगायतको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad