Comments Add Comment

बुधबार मकवानपुरमा थप २२ जना कोरोना संक्रमित थपिए

बुधबार मकवानपुरमा थप २२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । संक्रमित हुनेमा सबै भन्दा बढी हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् । संक्रमित मध्यमा ७ जना महिला र १५ जना पुरुष रहेका छन् । १ जना मकवानपुरगढीका र एक जना हेटौंडामा कार्यरत जिल्ला बाहिर घर भएका रहेका छन् । अरु २० जना हेटौंडाका संक्रमित रहेको जनस्वास्थ्य निरिक्षक भोला चौला चौलागाईले जानकारी दिएका छन् । यही भदौ १५ गते हेटौंडाको कर्रामा रहेको स्वाब संकलन केन्द्रबाट १ सय १८ जनाको स्वाब संकलन गरिएको थियो । उनीहरु मध्यमा २२ जना कोरोना संक्रमित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर