कोरोना संक्रमणका कारण हेटौंडामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा –११ का ६७ वर्षीय वृद्ध रहेका छन् । उनको उपचारको क्रममा आईतबार हेटौंडा अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार वृद्धले कोभिड विरुद्धको पहिलो खोप लगाएको थिए । वृद्ध टाउको सम्बन्धी दिर्घ रोगी समेत रहेको अस्पतालले जनाएको छ । यो संगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ६९ पुगेको छ ।