हेटौंडा – १५ मा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । हेटौंडा–१५ को चित्रेपानी सामुदायिक वन भित्र रुखमा डुण्डिएको अवस्थामा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत महिलाको नाम थर नखुलेको अन्दाजी ५५–६० वर्षको रहेको प्रहरीको बताए । वनजंगलमा गएका स्थानीयले उक्त शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।