हेटौंडामा ट्रकले मयुरीलाई ठक्कर दियो , मयुरी चालक श्रेष्ठको मृत्यु

अनलाइन पत्र संवाददाता२०७७-११-१३ No Comments

हेटौंडामा ट्रकको ठक्करबाट मयुरी चालकको मृत्यु भएको छ। हेटौंडा उपमहानगरपालिका वडा नंम्बर ११ नवलपुरमा आज बिहान ट्रकले मयुरीलाई ठक्कर दिदा मयुरी चालकको मृत्यु भएको हो । मनहरीबाट हेटौंडा आउँदै गरेको ना ६ ख ४०४४ नम्बरको ट्रकले विपरीत दिसाबाट आउदै गरेको ना १ ह ३४०८ नम्बरको मयुरीलाई ठक्कर दिदा अन्दाजी ३६ वर्षीय खेमलाल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मयुरी चालक श्रेष्ठको चुरेहिलमा उपचारको क्रममा मृत्यु भएको प्रहरी जनाएको छ । ठक्कर दिने ट्रक मकवानपुर प्रहरी नियन्त्रण रहेको र चालक फरार रहेको जनाइएको छ।

Ad
Ad