हेटौंडा १ मा रहेको सन्चो अस्पतालमा मंगलबार राति तोडफोड भएको छ । अस्पतालमा उपचाररत एकजना क्यान्सर रोगबाट पीडित विरामीको मृत्यु भएपछि विरामीका आफन्तले अस्पतालमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अस्पतालको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै आफन्तले नाराबाजीसहित अस्पतालमा तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ । तोडफोडका कारण अस्पतालका सिसाहरु फुटेका छन् ।