नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । मंगलबार राति १२ बजेदेखि मुल्य लागू भएको छ। निगमले डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २/२ रुपैंयाका दरले वृद्धि गरेको हो । मूल्य वृद्धिपछि काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर रु ११४, डिजेल तथा मट्टितेलको रु ९७ र आन्तरिका हवाई इन्धनको मूल्य प्रतिलिटर रु ६७ कायम गरिएको नेपाल आयल निगमले जनाएको छ ।