मकवानपुरमा आज सोमबार थप १११ जना कोरोना भाईरस संक्रमित थपिएका छन् । शनिबार र आईतबार १८७ मध्य १७१ जनाको पिसिआर परिक्षणबाट १०६ जनाको रिपोर्ट पोजेटिभ आएको र १५ नमुनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाटा ५ जना गरी १११ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थय निरीक्षक भोला चौलागाईले जानकारी दिएका छन् । संक्रमित १११ जनामध्ये १ बर्षिय बालक सहित ८ जना बालबालिका र ७५ बर्ष माथिका २ जना जेष्ठ नागरिक समेत रहेका छन् । यस्तै संक्रमीत मध्ये ५४ जना महिला र ५७ जना पुरुष रहेकोे छन् ।

20210510_133328-1620633073.jpg