Comments Add Comment

संसदप्रति विश्वास नभएका प्रधानमन्त्रीलाई कसरी मत दिने ? : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले कोरोना संक्रमणको जोखिम कम नगरी सरकार अयोध्या र रामको रथ यात्रातिर लागेको आरोप लगाएका छन् । संसदमा सोमबार प्रधानमन्त्रीले मागेको विश्वासको मतको विपक्षमा धाराणा राख्दै यादवले भने, ‘सरकारको ध्यान गयो अयोध्यातिर, रामको रथ यात्रातिर, त्यसले कोरोना निको हुन्छ?’

संविधान संशोधनको नाममा आफूहरुलाई धोका दिएको उनले गुनासो गरे। ‘धोका दिनुभयो, विश्वासघात गर्नुभयो। कसरी विश्वास गर्नेरु’ उनले भने। संसदलाई विघटन गर्ने प्रधानमन्त्रीलाई मत कसरी दिने भनेर उनले प्रश्न गरे। ‘जुन सदनलाई असंवैधानिक तबरले विघटन गर्नुभयो। जुन संसदमा यहाँको खुद विश्वास छैन त्यसमा तपाईँलाई कसरी मत दिनेरु,’ यादवले सोधे। प्रधानमन्त्री ओली संघीयतासमेत सखाप पार्ने खेलमा लागेको यादवले आरोप लगाए। ‘संघीयता समाप्त पार्ने खेल होइन। संघीयतामा प्रदेशहरु साझेदार हुन्छन्। प्रदेशहरुको कानुन खोस्ने काम भयो। समावेशिता समाप्त पार्न खोज्नु भयो। उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर