Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

प्रधानमन्त्री ओलीलाई प्रचण्डको प्रश्न : राष्ट्रिय समस्या तपाईं कि म ?

Company Register

नेकपा माओवादी केन्द्रंका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई राष्ट्रिय समस्या भनेकोमा प्रति प्रश्न गरेका छन् ।सोमवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दै राखेको प्रस्तावमाथि छलफल गर्दै अध्यक्ष प्रचण्डले भने, ‘संविधानमाथि संकट, राष्ट्रिय स्वाधिनता, कम्युनिस्ट आन्दोलनमा संकट यी कुराहरु कसको कारण आयो प्रधानमन्त्री जी रु समीक्षाका लागि तयार हुनुहुन्छ रु ‘

Advertisement

‘तपाईंले कहिलेकाही भनेको सुन्छु । प्रचण्डलाई राष्ट्रिय समस्या नै भयो भनेर ।’ उनले प्रश्न गरे, ‘म हो राष्ट्रिय समस्या रु कि तपाई राष्ट्रिय समस्या रु बहस गरौँ भन्न चाहन्छु । मैले संविधान बनाउने र तपाईलाई प्रधानमन्त्री बनाउनु राष्ट्रिय समस्या भएर हो रु देशमा अराजक गतिविधि नआओस् भनेर आफूले नै वाम गठबन्धनको प्रस्ताव राखेको उल्लेख गर्दै उनले भने, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको अगाडि वाम गठबन्धनको प्रस्ताव राख्ने म पहिलो व्यक्ति हुँ । कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरौँ भनेर जाने पहिलो व्यक्ति पनि म नै हुँ ।’ वाम एकता र संकल्प पछि ओलीलाई प्रधानमन्त्रीको लागि प्रस्ताव गर्ने व्यक्ति पनि आफू नै भएको उल्लेख गर्दै प्रचण्डले भने, ‘तर आज यो एउटा विडम्बना भन्नु पर्छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...