पोखरामा महिलाको लागि मात्रै छुट्टै क्वारेन्टिनको व्यवस्था गरेको छ । पोखरा महानगरपालिका वडा नम्वर ३ मा रहेको बुद्ध हस्पिटलको खालि भवनमा महिलाहरुका लागि क्वारेन्टिन बनाएको हो । बुद्ध अस्पताललाई यसअघि नै क्वारेन्टिन बनाउने निर्णय भए पनि स्थानीयले विरोध गरेकाले त्यो ठाउँ खालि नै थियो ।

कैलालीको लम्कीचुहामा क्वारेन्टिनमा बसेकी महिलाको बलात्कार भएसँगै महिलाको लागि छुट्टै क्वारेन्टिनको आवश्यकता खट्केको हो । पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङका अनुसार क्वारेन्टिनमा बुधबार नै भारतबाट आउने ८ जना महिलालाई राख्ने तयारी गरिएको छ।