प्रभावकारी विद्यालय सुधार योजना अहिलेको आवश्यकता-पाठक

अनलाइन पत्र संवाददाता२०७७-०२-१२ No Comments

नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर महिला विभागको आयोजनामा १ हप्ते शिक्षक प्रशिक्षणको तेस्रो दिन विद्यालय सुधार योजना निर्माण प्रशिक्षण आज सम्पन्न भएको छ ।

आजदेखि १ हप्ते प्रशिक्षण शुरु भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति सदस्य पद्मा पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई जिल्ला आयोजना कार्यान्वयन इकाई मकवानपुर प्रमुख बद्री बहादुर पाठकले प्रशिक्षण दिनुभएको हो । पाठकले विद्यालय सुधार योजना विद्यालय तहको सूक्ष्म योजना भएको उल्लेख गर्दै अबको योजना सबै प्रकारको जोखिमलाई मूल्याङ्कन गरेर निर्माण गर्नुपर्ने बताउनुभयो । वहाले सुधार योजना निर्माण गर्दा शिक्षकबीच रहेका आईपर्ने कठीनाईलाई सहजीकरण गर्नुभएको संगठन जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो ।

मकवानपुर जिल्ला उपाध्यक्ष एवम् महिला बिभाग प्रमुख लक्ष्मी गजुरेलको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रमलाई जिल्ला सहसचिव प्रतिमा गौतमले स्वागत गर्नुभएको थियो । कार्यक्रममा संगठन राष्ट्रिय परिषद् सदस्य रमेश लामिछाने, प्रदेश ३ सचिवालय सदस्य मोहन शर्मा, जिल्ला समिति अध्यक्ष श्रीराम दाहाल, रसुवा अध्यक्ष मोचनाथ न्यौपाने, पर्वत अध्यक्ष चिरञ्जीवी अधिकारी, रसुवा उपाध्यक्ष आङमाया शेर्पा, रुपन्देही अध्यक्ष मोतिलाल सुवेदी, सिन्धुली अध्यक्ष पुरुषोत्तम पाहाडी, लमजुङ अध्यक्ष राजु थापा, मकवानपुर सहसचिव प्रतिमा गौतम, सहकोषाध्यक्ष चन्द्रादेबी लामा बल, जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतम, सचिवालय सदस्य कृष्ण पौडेल, शिक्षक सहकारी अध्यक्ष सिताराम दाहाल, सदस्य सविता लामिछाने, हेटौंडा नगर अध्यक्ष मुकुन्द न्यौपाने, सचिव गोपिरमण प्याकुरेल, मकवानपुरगढी अध्यक्ष,शिवप्रसाद लामिछाने, भिमफेदी अध्यक्ष कृष्ण पोखरेल ,थाहानगर अध्यक्ष रमेशमान डङ्गोल धादिङ सदस्य सरस्वती पाण्डे, रसुवाका बिष्णुप्रसाद पौड्याल,लगायतकाको उपस्थिती रहेको थियो ।

संगठनको नियमित कार्यक्रम अन्तर्गत जेष्ठ ११ गतेदेखि जिल्ला महिला बिभाग ले प्रशिक्षण कार्यक्रम आयोजना गरिरहेकोमा भोलि जेष्ठ १३ गते महिला शशक्तिकरण र समसामयिक कानुनी सवाल विषयक प्रशिक्षण हुने संगठन जिल्ला उपाध्यक्ष लक्ष्मी गजुरेलले बताउनुभएको हो ।

Ad
Ad