मकवानपुरको एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालको परिसरमा रहेको हेल्प डेस्कलाई तामाङ कलाकार संघ मकवानपुरले सहयोग गरेको छ । कलाकार संघले डेस्कलाई ५० कार्टुन खाने पानी र २५ प्याकेट मास्क सहयोग गरेको हो । तामाङ्ग कलाकार संघले अस्पताल परिसरमा रहेको हेल्प डेक्समा पुगेर सामग्री सहयोग गरेको हो । सामग्री वितरण कार्यक्रममा तामाङ्ग कलाकार संघ मकवानपुरका कलाकारहरुको उपस्थिति रहेको थियो ।