जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख शुशिल सिंह राठोर सम्मानित भएका छन् । अन्यायमा परेका र असाहय महिला ,बालिकाहरुको उद्धार,संरक्षण तथा न्यायको लागि लड्ने सामाजिक संस्था मञ्जुश्री असाहय संरक्षण केन्द्र शाखा मकवानपुरले प्रहरी प्रमुखलाई राठोरलाई सम्मान गरेको हो । मंगलबार हेटौंडामा बधाई,शुभकामना तथा सम्मान कार्यक्रम गर्दै मञ्जुश्री असाहय संरक्षण केन्द्र,मकवानपुरले प्रहरी प्रमुख राठोरलाई सम्मान गरेको हो ।

नेपाल सरकारले गएको असोज ३ गते संविधान दिवसको अवसरमा प्रहरी प्रमुख राठोरलाई प्रबल जनसेवा श्री चतुर्थ विभूषितबाट सम्मान गरेको अवसरमा केन्द्रले बधाई,शुभकामना तथा सम्मान गरेको हो । उनलाई कार्यक्रम प्रमुख अतिथि जिल्ला समन्वय समिति उपप्रमुख भगवती पुडासैनी,मञ्जुश्री असाहय संरक्षण केन्द्रको केन्द्रीय अक्ष्यक्ष मञ्जु खाँड,केन्द्रीय सल्लाहकार धनु माया मगर,सुवास श्रेष्ठ,जिल्ला अध्यक्ष सम्पूर्ण कुमारी सिग्देल,डियो बुलेटिनका प्रबन्ध निर्देशक अनिलकुमार खाति लगाएतले खाँदा,अविर माला लगाएर बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा बोल्दै मञ्जुश्री असाहय संरक्षण केन्द्रको केन्द्रीय अध्यक्ष खाँडले अन्यायमा परेका असाहय महिला ,बालबालिकाहरुको उद्धार,संरक्षण तथा न्यायको लागि आफुहरु लागि परिरहेको बताईन् । उनले हाल चितवनमा २२ जना बालबालिकाहरु केन्द्रको संरक्षणमा रहेको बताईन् । उनले हाल २३ जिल्लामा केन्द्रको शाखा गठन गरेको र आउँदो दिनहरुमा ७७ वटै जिल्लामा केन्द्रको शाखा गठन गरिने बताईन् । देशमा बलात्कार,हत्या जस्ता हिंसाहरुबढेको चिन्ता गदै उनले बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने समते बताईन् । बधाई,शुभकामना तथा सम्मान कार्यक्रम मञ्जुश्री असाहय संरक्षण केन्द्र शाखा मकवानपुरकी अध्यक्ष सम्पूर्ण कुमारी सिग्देलको सभादक्ष्यतामा भएको हो ।