Coronavirus COVID-19

संगठनले सञ्चालन गरेकाे भर्चुअल शिक्षक तालिम प्रशंसायाेग्य-शिक्षामन्त्री

[Ads]

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरकाे नियमित प्रविधीमैत्री प्रशिक्षणकाे १ महिने कार्यक्रम शिक्षामन्त्री गिरिाजमणी पाेखरेलकाे प्रमुख आतिथ्यतामा आज सम्पन्न भएकाे छ । संगठन राष्ट्रिय समिति अध्यक्ष लक्ष्मण शर्माकाे विशेष आतिथ्यता रहेकाे कार्यक्रम जिल्ला अध्यक्ष श्रीराम दाहालकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।

मुलुकमा विद्यमान काेराेना भाईरस संक्रमण पछि भएकाे लकडाउनका कारण प्रविधिमा आधारित गुगल मिट एपमार्फत सम्पन्न समापन समाराेहलाई संवाेधन गर्दै शिक्षामन्त्री गिरिराजमणी पाेखरेले अहिले मूख्य मुद्दा भनेकाे सबै मिलेर काेराेना संग लड्नु हाे र त्यसबाट शिक्षा क्षेत्र लाई न्यून प्रभावमा सुरक्षित राख्नु हाे । त्यसैले यसमा कुनै पनि क्षेत्रबाट कसुर बाँकि नराख्न सबैसंग आग्रह गर्नुभयाे । सहभागीबाट उठेका जिज्ञासालाई संवाेधन गर्दै पाेखरेलले बालविकास शिक्षक, विद्यालय कर्मचारी तथा अनुदान शिक्षककाे बारेमा कार्यदल गठन गरिएकाे र त्यसकाे प्रतिवेदन आएपछि यथाेचित संवाेधन गरिने बताउनुभयाे । मन्त्री पाेखरेलले काेराेनाकाे संक्रमण र विज्ञहरुकाे सुझावकाे आधारमा अब यथासंभव भर्चुअल कक्षाकाे समेत विकल्प खाेजिने बताउनुभएकाे हाे ।

संगठन जिल्ला प्रचार विभाग प्रमुख सुनिल गाैतमले सञ्चालन गर्नुभएकाे कार्यक्रममा प्रदेस सभा सदस्य प्रेम बहादुर पुलामी, प्रधानमन्त्री केपि शर्मा वलीका कानुनी सल्लाहकार बाबुराम दाहाल, संगठन केन्द्रीय सदस्य पद्मा पाैडेल, जिल्ला आयाेजना कार्यान्वयन ईकाई मकवानपुर प्रमुख बद्री बहादुर पाठक, संगठन वाग्मती प्रदेस सचिव राजेन्द्र श्रेष्ठ, कास्की जिल्ला अध्यक्ष राेम हर्षन पाैडेल,
संगठन मकवानपुरका सुवास खनाल,संगठन हेटाैडा नगर अध्यक्ष मुकुन्द न्याैपाने लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन वाग्मति प्रदेस , सचिवालय सदस्य माेहन शर्मा,सदस्य सीता सुवेदी, पार्वती खनाल, शिक्षक महासंघ राष्ट्रिय समिति पूर्व केन्द्रीय सदस्य रमेशप्रसाद लामिछाने, संगठन पूर्व केन्द्रीय सदस्य यदु सुवाल, राैतहट अध्यक्ष धर्मेन्द्र प्रसाद सिह,रुपन्देही अध्यक्ष माेतिलाल सुवेदी, लम्जुङ अध्यक्ष राजु थापा, शिक्षक महासंघ मकवानपुर अध्यक्ष जीधराज ढकाल, संगठन पर्वत अध्यक्ष चिरञ्जीवी अधिकारी, रसुवा अध्यक्ष माेचनाथ न्याैपाने,प्यूठान जिल्ला सचिव ज्ञानहरि रिजाल, पर्वत उपाध्यक्ष आङमाया शेर्पा , चितवनबाट शकुन्तला अधिकारी, मकवानपुर उपाध्यक्ष लक्ष्मी गजुरेल, सल्लाहकार,पिताम्वर वास्ताेला, डाेल्पा सल्लाहकार यम प्रसाद शर्मा लगायतकाे उपस्थिति रहेकाे थियाे ।

त्यसैगरी कार्यक्रममा मकवानपुर सहसचिव प्रतिमा गाैतम सहकाेषाध्यक्ष चन्द्रादेबी लामा बल, सचिवालय सदस्य कृष्ण पाैडेल, शिक्षक सहकारी अध्यक्ष सिताराम दाहाल, प्रचार विभाग प्रमुख सुनिल गाैतम,सदस्य सविता लामिछाने, लक्ष्मी रिमाल, भावना सापकाेटा, लक्ष्मी अधिकारी, गुरु प्रसाद ओंझा, नारायण प्रसाद कँडेल, केशव सञ्जेल, हेटाैडा नगर अध्यक्ष मुकुन्द न्याैपाने, मकवानपुरगढी अध्यक्ष शिबप्रसाद लामिछाने, भिमफेदी अध्यक्ष कृष्ण पाेखरेल ,थाहानगर अध्यक्ष रमेशमान डङ्गाेल धादिङ सदस्य सरस्वती पाण्डे, रसुवा का बिष्णुप्रसाद पाैड्याल,लगायतकाकाे उपस्थिती रहेकाे थियाे ।
भाेलिदेखि हेटाैडा नगरले नियमित समयमा नै प्रशिक्षण सञ्चालन गर्ने र जेष्ठ १० गते दाेस्राे नगर परिषद गर्ने जनाएकाे छ भने जेष्ठ ११ गतेदेखि संगठन जिल्ला महिला बिभाग ले प्रशिक्षण कार्यक्रम आयाेजाना गर्ने जनाएकाे छ ।

भिडियो हेर्नुहोस्

शिक्षक प्रशिक्षण समापन समारोह प्रत्यक्ष प्रशारण

Geplaatst door Onlinepatra.com op Maandag 18 mei 2020

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...