मकवानपुरमा मंगलबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा –१० स्थित कीटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा मंगगलबार ३७ जनाको स्वाब संकलन गरिएकोमा १० जनाको रिपोर्ट पोजेटिभ आएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला प्रसाद चौलागाईले जानकारी दिएका छन् । संक्रमित हुने मध्य ६ महिला र ४ पुरुष रहेको छ ।