काठमाडौं – मंगलबार सुनको भाउ सामान्य (प्रतितोला १ सय रुपैयाँ)ले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९१ हजार ८५० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला १२ सय रुपैयाँ कायम भएको छ । 

यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ४ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९१ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो ।