काठमाडौं : आइतबार सुनको भाउ प्रतितोला ३00 रुपैयाँ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९६ हजार १ सय रुपैयाँमा आएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार  ६ सय रुपैयाँ निर्धारण भएको छ ।

यसदिन चाँदी प्रतितोला १३ सय २० रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ४ सय रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ९ सय रुपैयाँ निर्धारण भएको थियो । यसदिन चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।