मुलुकभर कोरोना संक्रमणदर बढेपछि गोरखा जिल्लाको प्रसिद्ध मन्दिर मनकामना मन्दिर प्रवेशमा रोक लगाइएको छ । सरोकारवालाहरूको मंगलबार बसेको बैठकले ६ गते बिहीबारदेखि माघ मसान्तसम्म नित्यवाहेकका पुजामा रोक लगाउने निर्णय गरेको मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक लेवेन्द्र गुरुङले बताए । मन्दिरमा भक्तजनबाट हुने बलीपुजा, लाखबत्ती बाल्ने जस्ता धार्मिक गतिविधिमा पनि रोक लगाइएको छ । मनकामना मन्दिरमा कोरोना संक्रमण फैलिनुअघि दैनिक दुई हजारको हाराहारीमा भक्तजनले भ्रमण गर्थे ।