Comments Add Comment

शताब्दी पुरुष सत्यमोहन जोशी १०१ वर्षमा प्रवेश

काठमाडौं –  शताब्दी पुरुष सत्यमोहन जोशी आज एक सय वर्ष पुरा गरी १ सय १ वर्षमा प्रवेश गर्नु भएको छ ।  नेपाली लोक संस्कृति, कर्णाली लोक संस्कृति, नेपालका पुराना राष्ट्रिय मुद्रालगायतका विषयमा अध्ययन अनुसन्धान गरेका जोशी नेपाली वाङ्मय क्षेत्रका प्रतिष्ठित साधक हुनुहुन्छ । 

तीन पटकसम्म मदन पुरस्कार पाउनुभएका जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक ५, काव्य २ र कथासंग्रह ५ तथा नेवारी भाषाका करिव ५० कृति प्रकाशित छन्। 

जोशीको वि.स. १९७७ बैशाख ३० गते ललिपुरको बखुम्बहालमा जन्म भएको हो। जोशी संकृतिविद् र साहित्यकारका रुपमा परिचति छन्। उनले त्रिचन्द्र कलेजबाट स्नातक तह अध्ययन गरेका छन्। जोशी २०१५ सालमा पुरातत्व र संस्कृति विभागका पहिलो निर्देशक बनेका थिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर