Comments Add Comment

हावाबाट विजुली उत्पादनसँगै जुम्लाको सिञ्जा झिलिमिली

जुम्लाको सिञ्जा गाउँपालिकामा हावाबाट विजुली उत्पादनसँगै स्थानीय गाउँ झिलिमिली बनेका छन् । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र सिञ्जा गाउँपालिकाको आर्थिक सहयोगमा ८० किलोवाट बिद्युत निकालिएको हो । वैकल्पिक उर्जा केन्द्रको ४ करोड र सिञ्जा गाउँपालिकाको ५५ लाख रुपैयाँ लागतमा राइके डाडाँमा ८० किलोवाट विद्युत उत्पादन भएको हो ।

यसबाट १ हजार ३ सय घरले बत्ति बाल्न पाएका छन् । टुकी बाल्न बाध्य सिञ्जाका स्थानीय विद्युतीय बत्ति बाल्न पाउँदा हर्षित बनेका छन् । उनीहरुले हावाबाट उत्पादित बिजुलीले टिभी तथा कम्प्युटर समेत सहजै चलाउन पाएका छन् । साना जलबिद्युतबाट आयोजनाबाट विद्युत निकाल्न सफल नभएका स्थानीयहरु वैकल्पिक उर्जा केन्द्र संगको सहर्काय विद्युत निकालेका हुन् । अहिले विद्युत ३ वटा वडामा मात्र वितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर