गएरातिदेखि काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ लागू भएको छ । मुलुकभर कोरोना भाइरस संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले स्मार्ट लकडाउन गर्ने निर्णय गरेका हुन् । माघ मसान्तसम्म आमसभा, जुलुस, सभा, भेलालगायतका गतिविधि गर्न पाइने छैन । यस्तै गोष्टी, सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलापहरू सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्नुपर्ने छ । भौतिक रुपमा उपस्थित भइ गर्नुपर्ने कार्यका लागि २५ जनासम्म मात्र सहभागी हुन प्रशासनले भनेको छ ।