यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

यस्तो छ आजको मौसम

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज दिनभर मौसम सफा रहने अनुमान गरेको छ ।
हाल बंगालको खाडीको पूर्वी मध्य भागमा न्युन चापीय क्षेत्र रहेको र उक्त न्युन चापीय क्षेत्र पश्चिम उक्त दिशा तर्फ सर्दै गएकोले अबका दिनमा मुलुकको मौसम सामान्यतया सफा रहने बताएको छ ।

Advertisement
महाशाखाका अनुसार आज देशका प्रायः सबै प्रदेशहरुमा मौसम सफा रहने जनाइएको छ । यद्यपि, प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंसिक बदली रहने छ ।
महाशाखाका अनुसार आज दिउसो बाँकी भु भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
रातीभने प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आसिंक बदली रहने तथा बाँकी भु भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।