आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुन १ सयले बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी सुन १ सयले बढेपछि तेजाबी सुन प्रतितोलामा ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य पनि बिहीबार ३० रुपैयाँले बढेर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।