च्याउ उत्पादक किसान संघ बागमती प्रदेश कमिटीको आयोजनामा हेटौंडामा राष्ट्रिय च्याउ दिवस २०७७ मनार्ईएको छ । प्रमुख अतिथि बागमती प्रदेशका भूमी व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका मन्त्री दावा दोर्जे लामाले केक काटेर कार्यक्रम अघि बढाइएका थिए । कार्यक्रममा मन्त्री लामाले स्वदेशी उत्पादनलाई जोड दिन आग्रह गरे । उनले आगामी वर्षमा निति तथा कार्यक्रममा च्याउ खेतिलाई प्राथमितामा राख्ने पनि बताए ।

कार्यक्रममा पशुपन्छि तथा मत्स्य विकाश निर्देशनालयका निर्देशक डाक्टर राम प्रकाश प्रधानको अध्यक्षता रहेको थियो । त्यस्तै विशिष्ट अतिथिमा वागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रमुख सचिव डाक्टर मान बहादुर बीके रहेका थिए । त्यस्तै अतिथिहरुमा बागमती प्रदेशको भूमी व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर मतिना जोशी बैद्य, व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डाक्टर शरण कुमार पाण्डे लगायतको उपस्थित रहेको थियो ।