
प्रहरी प्रधान कार्यालयले पाँच एसपीको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार निकालेका काज सरुवा अनुसार चितवनमा नान्तीराज गुरुङलाई पठाइएको छ । यसअघि विवादका कारण त्यहाँ नगएकी एसपी गंगा पन्तलाई पर्सा जिल्लामा सरुवा गरिएको छ । चितवनका तत्कालीन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लको ठाउँमा पन्तलाई सरुवा गरेको भएपनि विवादका कारण उनलाई त्यहाँको रमाना दिइएको थिएन ।
चितवनमा गएका गुरुङ प्रहरी तालिम केन्द्रमा थिए । पर्साका एसपी सोमेन्द्रसिंह राठौरलाई महानगरीय प्रहरी परीसर टेकुमा सरुवा गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एसपी कृष्णप्रसाद पगेंनीलाई बारा सरुवा गरिएको छ । यस्तै महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसपी अशोक सिंहलाई प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखामा सरुवा गरिएको छ । सिंहको रानीपोखरीमा दरबन्दी भए पनि महानगरीय प्रहरी परीसर काठमाडौंमा काजमा कार्यरत थिए ।
Tags
No tags
About the Author
Related Articles
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






