व्यवसायीहरुको साझा संगठन मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । सोमबार अध्यक्ष पदका लागि कृष्णकुमार गुप्ता अग्रवाल र राजकुमार न्यौपानेको उम्मेदवारी दर्ता भएको छ । अग्रवालको प्यानलबाट वाणिज्यतर्फको उपाध्यक्षमा अनिल अग्रवाल तथा सदस्यमा कुलप्रसाद चौलागाईं, जावेद हुसेन, कृष्णप्रसाद ढुंगाना, दीपक खत्री, अनिलभक्त श्रेष्ठ, दामोदर पाठक, विकेशलाल श्रेष्ठ, कृष्णहरि बर्तौला, निलम पाण्डे र निलम बैद्य उम्मेदवार रहेका छन् । यस्तै उद्योगतर्फको उपाध्यक्षमा प्रमोदसिंह रानाभाट तथा सदस्यमा सन्तोषकुमार अर्याल, भुपेन्द्रप्रसाद अधिकारी, श्रीकृष्ण कर्माचार्य, रुपकराज दाहाल र सीतादेवी भेटवाल उम्मेदवार रहेका छन् । एशोसियटतर्फको उपाध्यक्ष पदमा बिष्णु खनाल तथा सदस्यमा गणेशप्रसाद भेटवाल, अंकिता सुमार्गी, राजाराम कार्की र दीपक उप्रेतीले उम्मेदवारी दर्ता गराउँदा वस्तुगत तर्फको उपाध्यक्षमा काव्यमणी अधिकारी तथा सदस्यमा पुष्पराज पुडासैनी र प्रदीप अर्याल रहेका छन् ।

त्यस्तै राजकुमार न्यौपानेको प्यानलबाट वाणिज्यतर्फको उपाध्यक्षमा रामप्रसाद न्यौपाने तथा सदस्यमा नेत्रप्रसाद खतिवडा, बिष्णुप्रसाद दाहाल, बालकृष्ण बजगाईं, दिवस पराजुली, सुदर्शन खरेल, हरिनारायण ठाकुर, माधव ज्ञवाली, मनु दाहाल, नेत्रकुमारी भट्ट र राजु राउत रहेका छन् । पश्चिमी क्षेत्र आरक्षणमा राधिका पाण्डे सामरीले पनि स्वतन्त्र उम्मेदवारी दिएकी छिन । यस्तै उद्योगतर्फको उपाध्यक्षमा प्रतिमा श्रेष्ठ तथा सदस्यमा ज्ञानेन्द्र बर्तौला, दीपक शिवाकोटी, नरेन्द्र भण्डारी, हरिप्रसाद ढकाल र मेनका श्रेष्ठ रहेका छन् । एशोसियटर्फको उपाध्यक्षमा उज्वल चौलागाईं तथा सदस्यमा अशोककुमार राउत, नवराज खतिवडा, राजु थापा र रामशरण दुलाल रहेका छन् भने वस्तुगत तर्फको उपाध्यक्षमा राजु अधिकारी तथा सदस्यमा तेजराज अधिकारी र अजिव भट्टराई रहेका छन् । संघमा २ हजार ९ सय ६ मतदाता रहेको अध्यक्ष कृष्ण कटुवालले जनाएको छ ।